राजनीति


प्रदेश ३ को राजधानी हेटौंडा र नाम बागमती राख्न नेकपा, कांग्रेससहित ६ दलको संयुक्त प्रस्ताव दर्ता

प्रदेश ३ को राजधानी हेटौंडा र नाम बागमती राख्न नेकपा, कांग्रेससहित ६ दलको संयुक्त प्रस्ताव दर्ता

नेपालखबर
पुस २६, २०७६ शनिबार ७:३८,

प्रदेश ३ को राजधानी हेटौंडा र नाम बागमती राख्ने ६ दलले संयुक्त प्रस्ताव दर्ता गरेका छन्।

शनिबार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित राप्रपा, राप्रपा संयुक्तलगायतका ६ दलले प्रदेशको नाम र राजधानीबारे संयुक्त प्रस्ताव प्रदेशसभामा दर्ता गरेका हुन्।

प्रदेशको स्थायी राजधानी हेटौँडा राख्नजुपर्ने प्रस्तावको प्रस्तावमा प्रदेशका मुख्यमन्त्री एवम् नेकपा नेता डोरमणि पौडेल रहेका छन् भने यसको समर्थकमा कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, राप्रपाकी रीता माझी र राप्रपा (संयुक्त) की रीना गुरुङ रहेका छन्।

 प्रदेशको नाम बागमती राख्नुपर्ने प्रस्ताव कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले गरेका छन् भने उनको प्रस्तावमा नेकपाका मुख्य सचेतक रामेश्वर फुँयाल, राप्रपाकी रीता माझी, राप्रपा (संयुक्त) रीना गुरुङ, विवेकशील नेपाली दलका रमेश पौडेल, साझा पार्टीकी शोभा शाक्यले समर्थक रहेका छन्। छन्।

यसअघि प्रदेशसभा सदस्यहरुले गौरीशंकर, नेवा–ताम्सालिङ, नेपाल मण्डल, पशुपतिलगायत नाम दर्ता गराएका थिए।

प्रदेशको नाम र राजधानीबारे आजै दिउँसो एक बजे बस्ने प्रदेशसभा बैठकमा छलफल हुने बताइएको छ। मतदान भने आइतबार हुने छ।

प्रदेशको नाम र राजधानी प्रदेशसभाको दुई तिहाइ बहुमतले टुंगो लगाउनुपर्ने संवैधानिक प्रावधान छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad