समाज


यसकारण इरानले युक्रेनियन विमानमा क्षेप्यास्त्र हान्यो

यसकारण इरानले युक्रेनियन विमानमा क्षेप्यास्त्र हान्यो

नेपालखबर
पुस २६, २०७६ शनिबार ८:६,

तेहरानस्थित इमाम खुमेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नासाथ बोइङ ७३७ विमान दुर्घटनामा परेको थियो।

 अमेरिकाले इरानका उच्च सैन्य कमान्डर हत्या गरेपछि इरानले अमेरिकी सैन्य क्याम्पमा क्षेप्यास्त्रहरु आक्रमण गरेकै दिन उक्त विमान दुर्घटनामा परेको थियो।

 पहिले इन्जिन खराबीका कारण विमान दुर्घटनामा परेको बताउने इरानले यतिबेला आफ्नै क्षेप्यास्त्रले युक्रेनियन बिमान दुर्घटनामा परेको स्वीकार गरेको छ। इरानले यस घटना अन्जानमा भएको भन्दै माफी मागेको छ।

 यस दुर्घटनामा इरानकै सबैभन्दा बढी नागरिक मारिए। विमानमा १६७ यात्रुसहित ९ जना चालक दलका सदस्य थिए।

दुर्घटनामा इरानका ८२ नागरिकको मृत्यु भएको थियो भने क्यानडाका ६३ जनाको मृत्यु भएको थियो। यस्तै ११ युक्रेन, १० स्वीडेन, ४ अफगान, ३ जनर्म र ३ वेलायती नागरिकको मृत्यु भएको थियो।

आफ्नै नागरिकको ज्यान जानेगरी किन इरानले उक्त विमानमा क्षेप्यास्त्र हान्यो? यो प्रश्न यतिबेला देशभित्रै उठिरहेको छ भने विश्वभरका नागरिकले यस आक्रमण किन भयो भनेर उत्तर खोजिरहेका छन्।

आइतबार बिहानै इरानी विदेशमन्त्री जाभेद जरिफले ट्विटमार्फत् सो विमानमा इरानबाट प्रहार भएको मिसाइल झुक्किएर लाग्न गएको भन्दै क्षमा याचना गरेका छन्।

यस्तै इरानका राष्ट्रपति हसन रुहानीले पनि मानवीय भूल भएका कारण विमानमा आक्रमण भएको भन्दै माफी मागेका छन्। उनले ट्वीटमा भनेका छन्,‘मानवीय भूलका कारण युक्रेनको यात्रुवाहक विमानमा आक्रमण भयो। यस घटनामा दोषीलाई कारवाही हुनेछ।’

 विमानमा क्षेप्यास्त्र आक्रमण गरिनुको कारण

इरानी सेनाले विमानमा क्षेप्यास्त्र आक्रमण गरिनुको कारणमा भनेको छ,‘आक्रमण झुक्किएर भएको हो।’

‘विमान रिभोलुस्नरी गार्ड्स कोरको बेस क्यामप नजिक आएको थियो। यस्तो अवस्थामा मावनीय भूल हुन पुग्यो र विमानमा क्षेप्यास्त्र प्रहार भयो।’ इरानी सेनाले आफ्नो बयानमा भनेको छ,‘यस घटनामा जसको गल्ती भएको छ उमाथि कानुनअनुसार कारवाही हुन्छ। यस्ता गल्ती नदोहोर्याउन सेनाले सबै सैन्य समूहमा व्यापक सुधार ल्याउने छ।’

‘इरानी सेनाले अमेरिकी सैन्य क्याम्पमा आक्रमण गरेपछि अमेरिकी विमान इरानको सीमा तिर उडेको थियो। यस्तैमा इरानी सेनाले आफ्नो सैन्य क्याम्पमा विमान आएको देखेपछि इरानको कैयौं रक्षा प्रणाली सक्रिय भएको थियो। सोही अवस्थामा युक्रेनियन विमानले उडान भरेको रहेछ। त्यही विमान आइआरजीसी सैन्य शिविर नजिक आउँदा भूलबस उक्त विमानमा आक्रमण भयो।’ सेनाको बयानमा भनिएको छ।

अमेरिकी फाइटर प्लेन सम्झिएर इरानले युक्रेनियन विमानमा आक्रमण गरेको इरानी सेनाको बयानमा प्रस्ट हुन्छ। बीबीसी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad