यस अवस्थामा इराक र अमेरिकाको सम्बन्ध पनि बिग्रिएको छ। इराकले यतिबेला अमेरिकी सेना आफ्नो भूमिबाट फिर्ता लैजान आग्रह गरिरहेको छ।
अमेरिकाले इराकमा ड्रोन आक्रमण गरेर सुलेमानीको हत्या गरेको थियो। इरानले बदला लिन इराकस्थित अमेरिकी सैन्य क्याम्पमा आक्रमण गरेको थियो।
घटनाहरुलाई मध्यनजर गर्दा इरान र अमेरिकाले युद्ध गर्ने संकेत देखिएपछि इराक आफ्नो भूमि अमेरिका र इरानको रणभूमि नबनोस् भन्ने चाहन्छ।
केही दिन अगाडि इराकको संसदले अमेरिकी सेना फिर्ता लैजान भनेको थियो। अमेरिकाले आफू नफर्किने बताइरहेको छ।
ट्रम्पले इराकमा आफ्ना महँगो सैन्य बेस क्याम्प भएका कारण इराक नछाड्ने बताएका थिए। बेस क्याम्पको पैसा दिएमात्र फर्किने ट्रम्पले बताएका थिए।
हाल आफ्नो भूमि रणभूमि बन्ने नदिने बताउँदै इराकले दोस्रोपटक अमेरिकी सेना फिर्ता लैजान भनिरहेको छ। एजेन्सी

प्रतिक्रिया