ad ad

राजनीति


नीति तथा कार्यक्रमले सबै समेटेको छ, कार्यान्वयन गर्न रातदिन लाग्नुपर्‍यो : अर्थमन्त्री

नीति तथा कार्यक्रमले सबै समेटेको छ, कार्यान्वयन गर्न रातदिन लाग्नुपर्‍यो : अर्थमन्त्री

नेपालखबर
जेठ ५, २०८० शुक्रबार १९:२८, काठमाडौँ

अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको आवश्यक्तालाई सम्बोधन हुनेगरी सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको दावी गरेका छन्। 

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएलगत्तै उनले संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिएका हुन्। 

नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका उनले सो नीति तथा कार्यक्रमलाई कार्यान्वयनमा लैजानका लागि दिनरात नभनि सरकारले काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरे। 

कार्यान्वयनका लागि आवश्यक क्षमता बढाउने र इमान्दारिताका साथ त्यसलाई कार्यान्वयनमा लैजान सरकार लागिपर्ने उनको भनाई थियो। 

‘नयाँ भनेर कुनै आविष्कार गर्ने कुरा होइन। मूल कुरा जे आवश्यक्ता छ देशका लागि, ती कुराहरु सरकारको नीति तथा कार्यक्रममा आएका छन्,’ उनले भने, ‘मैले फेरी पनि भने–कार्यान्वयन गर्ने हाम्रो क्षमता बढाउनु पर्‍यो। इमान्दार हुनुपर्‍यो। रातदिन काम गर्नु पर्‍यो। त्यो काममा हामी लाग्छौं। त्यसो भएपछि परिणाम आउन थाल्दछ। गर्ने कुरा यिनै हुन। गरिएको कुरा पूरा गर्नु पर्‍यो, गर्छौं।’

मन्त्री महतले सरकारको नीति तथा कार्यक्रम नयाँ आविष्कारको विषय नभएको र त्यसलाई त्यसरुपमा बुझन नहुने पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .