राजनीति


जनताले चाहे ब्यवस्था परिवर्तन हुन्छः कमल थापा

जनताले चाहे ब्यवस्था परिवर्तन हुन्छः कमल थापा

नेपालखबर
पुस २५, २०७६ शुक्रबार १४:३३,

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनताले चाहेमा अहिलेको ब्यवस्था परिवर्तन हुन सक्ने बताएका छन्।

आज पार्टीको भक्तपुर जिल्ला समितीद्वारा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै थापाले संविधानले दिएको अधिकारको प्रयोग गर्दै जनताको साथ र बलमा पार्टीको एजेन्डा स्थापित गर्ने बाटोमा कृयाशिल हुन कार्यकर्तालाई आग्रह गरे। गएको उपनिर्वाचनमा उल्लेख्य मत प्राप्त नभएता पनि राप्रपाले अबलम्बन गरेको बिचारको सन्देश जनताको घर दैलोमा पुगेको भन्दै थापाले पार्टी कठिन र लामो यात्रामा अघि बढेको बताए।

संविधान निर्माणका समयमा राजसंस्था र हिन्दुराष्ट्र लेखाउन नसकेता पनि ती कुराहरु ल्याउने बाटो र अधिकारको सुनिश्चितता भने राप्रपाले गर्दा सम्भव भएको दाबी गरे। संवैधानिक ब्यवस्थाबाटै जनताको मन जितेर एजेन्डा स्थापित गर्ने अवस्थाको सदुपयोग गर्न संगठन र जनता केन्द्रित हुनुपर्नेमा उनको जोड थियो।

बिगतका त्रुटि र कमजोरीबाट पाठ सिकेर ‘इख’ लिँदै अघि बढ्नुको विकल्प नभएको भन्दै थापाले सैद्धान्तिक र बैचारिक रुपमा कांग्रेस कम्युनिस्टको विकल्प राप्रपा मात्रै बन्न सक्ने दाबी गरे। बेरोजगारी, भ्रष्टाचार र हिन्दुत्वको अभियान बोकेर पार्टी आगामि दिनमा संगठन निर्माण, जनसंघर्ष र जनपरिचालन अभियानमा होमिने समेत उनले बताए

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .