उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल सवार नेपाली सेनाको हेलिकप्टर पाल्पामा आकस्मिक अवतरण गराइएको छ।
शनिबार बुटवलमा आयोजना हुने ‘खुला जितगढी म्याराथन प्रतियोगिता’ को उद्घाटन गर्न त्यसतर्फ उडेका उपप्रधानमन्त्री पोखरेल चढेको हेलिकप्टर मौसममा खराबी आएपछि तानसेनको टुँडिखेलमा आकस्मिक अवतरण गरिाएको हो।
पोखरेल नेपाली सेनाको पाल्पास्थित गोरखदल गणको गाडी चडेर बुटवलको कार्यक्रममा सहभागी हुन त्यसतर्फ जान लागेको सैनिक स्रोतले जनाएको छ।
प्रतिक्रिया