ad ad

राजनीति


सत्तामा बसेर उपलब्धि दिन सकिएन, जनताले विकल्प खोजे : डा. बाबुराम भट्टराई

सत्तामा बसेर उपलब्धि दिन सकिएन, जनताले विकल्प खोजे : डा. बाबुराम भट्टराई

नेपालखबर
जेठ १, २०८० सोमबार १८:१७, काठमाडौँ

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले समायानुकलु जनताका एजेण्डाहरू बोकेर क्रान्तिकारीहरू एक ठाउँमा उभिनुपर्ने बेला भएको बताएका छन्। 

सोमबार विद्यार्थी दिवस र अबको बाटो विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। 

लामो संघर्ष गरेर लोकतन्त्र प्राप्त गरेपनि पूर्ण रुपमा अझै लोकतन्त्र पाउन नसकेको भन्दै अब समयानुकुल वर्तमान एजेण्डा र जनताको चाहना बोकेर अघि बढ्न आवश्यक भएको उनले बताए। 

‘हामीले लामो संघर्ष गरेर सात सालदेखिका आन्दोलन र माओवादी जनयुद्ध हुँदै आउँदा लोकतन्त्रको लडाईं त मुल रुपमा सम्पन्न गरका छौँ तर पूर्ण रुपमा विजयी पाउन सकेका होइनौँ,’ डा. भट्टराईले भने, ‘हाम्रो क्रान्ति एक प्रकारको हलाल क्रान्ति थियो, छिनाल क्रान्ति होइन, कतिपय यथास्थितिवादी पश्चगामी सोच राख्ने शक्तिहरुसँग पनि सम्झौता गर्न बाध्य भयौँ, त्यसले गर्दा जुन प्रकारका नीतिहरु लागू गर्न सक्नुपर्दथ्यो।’

लामो समय सत्तामा रहेर पनि कुनै उपलब्धि दिन नसक्दा जनताले नयाँ विकल्प खोजेको उनले बताए।

‘खासगरी वैज्ञानिक भूमि सुधार गरेर किसानहरुमा जमिनको पहुँच शिक्षा स्वास्थ्य सामाजिक सुरक्षामा सबै जनताको अधिकार स्थापित गर्ने कुरा,त्यसैभित्र उद्योगधन्दा खोलेर रोजगारी गर्ने काम फटाफाट गरेर जान सक्नुपर्ने थियो। हामीले सकेनौं,’ भट्टराईले भने, ‘त्यसकारण युवामा जुन असन्तुष्टि छ। नयाँपन खोजिराखेको छ। नयाँ विकल्प खोजिराखे पनि ठम्याउन सकेका छैनन्। यस्तो बेलामा हिजोका क्रान्तिकारी शक्तिहरुले समयाअनकुल रुपान्तरण गर्न सकेनौं।’

उनले अघि थपे, ‘हिजोका मात्रै गाथा गाएर बसिराख्यौं भने जनता हामीबाट अलग हुन सक्ने खतरा मैले देखिराखेको छु। खासगरी क्रान्तिपछि लामो समय सत्तामा बसिराख्यो भने सम्पूर्ण नेतृत्व नै सत्तामा गयो भने सत्ताको जुन चास्नी हुन्छ। त्यसले भ्रष्टिकरण गरिदिन्छ।’

नक्कली भुटानी शरणार्थी प्रकरण पनि त्यसको एउटा संकेत रहेको उनले बताए।

‘हामीले कसरी निरन्तर क्रान्तिकारी गरिराख्ने कसरी भ्रष्टिकरणबाट बच्ने भन्ने कुरा एउटा हो। अर्को समय अनकुल वर्तमान एजेण्डा र जनताको चाहना के हो त्यसलाई ठम्याएर जनतालाई साथमा लिएर हामीले जान सक्नुपर्छ,’ उनले भने।

पूर्वप्रधानमन्त्री भट्टराईले वैज्ञानिक भूमि सुधार गरेर किसानहरुमा जमिनको पहुँच, शिक्षा स्वास्थ्य सामाजिक सुरक्षामा सबै जनताको अधिकार स्थापित गर्ने र उद्योगधन्दा खोलेर रोजगारी गर्ने काम गर्नुपर्नेमा सो हुन नसकेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .