ad ad

राजनीति


टोपबहादुर पक्राउ परेको सूचना सभामुखले संसद बैठकमा सुनाए

टोपबहादुर पक्राउ परेको सूचना सभामुखले संसद बैठकमा सुनाए

सरकारी वकिलको कार्यालयमा टोपबहादुर रायमाझी। तस्बिर : सरोज बैजु


नेपालखबर
जेठ १, २०८० सोमबार १६:३२, काठमाडौँ

पूर्वउपप्रधानमन्त्री एवम् नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पक्राउ परेको जानकारी सभामुख देवराज घिमिरेले संसद बैठकलाई दिएका छन्। 

सोमबार बसेको संसद बैठकमा गत मंसिरको चुनावमा अर्घाखाँचीबाट विजयी रायमाझीलाई आइतवार राति काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरिएको व्यहोरासहित जिल्ला प्रहरी परिसर काठमाडौंले पठाएको पत्र सभामुख घिमिरेले पढेर सुनाएका हुन्। 

नक्कली शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि रायमाझी गत वैशाख २० गतेदेखि फरार थिए।

तर उनी फरार भएको ११ दिनपछि काठमाडौंबाटै पक्राउ परेका थिए। उनलाई प्रहरीले सोमबारै जिल्ला अदालत काठमाडौंमा पेश गरेर तीन दिनको म्याद लिइसकेको छ। अहिले सरकारी वकिलको कार्यालयमा बयान चलिसकेको छ। 

घिमिरेले प्रतिनिधिसभाको नियमावली २०७९ को दफा २४८ उपदफा १ मा संविधानको धारा १०३ को उपधारा (६) को प्रतिबन्धात्मक वाक्यांशबमोजिम प्रतिनिधिसभाका सदस्य रायमाझी पक्राउ परेको सूचना संसद बैठकमा दिएका हुन्। 

यसअघि गत वैशाख २७ गते नेकपा एमालेले उनलाई पार्टी सचिवबाट पनि निलम्बन गरेको थियो।

यो प्रकरणमा टोपबहादुरका छोरा सन्दीप गत वैशाख २० गते नै बुटवलबाट पक्राउ परेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .