ad ad

राजनीति


बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच छलफल

बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच छलफल

प्रचण्ड, देउवा र ओलीबीच बालुवाटारमा जारी छलफल। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
बैशाख ३१, २०८० आइतबार १०:१७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र केपी शर्मा ओलीले छलफल गरिरहेका छन्। 

प्रधानमन्त्री निवास (बालुवाटार) मा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डसँग नेपाली कांग्रेसका सभापति देउवा र नेकपा एमालेका अध्यक्ष ओलीले छलफल गरिरहेका हुन्।

तस्बिर : प्रदीपराज वन्त

प्रधानमन्त्रीको सचिवालयले तीन दलका शीर्ष नेतृत्वबीच छलफल सुरु भएको जानकारी दिएको छ। छलफलको विषय भने खुलाइएको छैन।

नक्कली भुटानी शरणार्थी प्रकरण चर्किएको तथा सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) सम्बन्धी विधेयकमा सहमति हुन बाँकी रहेका बेला ठूला तीन दलका शीर्ष नेताबीच भेटवार्ता भइरहेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .