संसदीय दलको नेता चयन पश्चात माात्रै जनता समाजवादी पार्टी, नेपाल सरकारमा सहभागी हुने भएको छ।
सरकारमा सहभागी हुनुपूर्व संसदीय दलको नेता चयन गर्नुपर्ने कुरा उठेपछि बुधबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संसदीय दलको नेता चयनका लागि समिति गठन गरेको छ।
समितिमा मिथिलेशकुमार सिंह, अर्जुन थापा र दीपेन्द्र झा रहेका छन्।
तत्कालिन संसदीय दलको नेता रहेका रामसहयायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि जसपाको संसदीय दलको नेताको पद रिक्त रहेको छ।
जसपाले विधानको व्यवस्था वमोजिम निर्वाचन प्रकृयाबाटै संसदीय दलको नेता छान्ने गर्दछ।
33
Shares
प्रतिक्रिया