ad ad

राजनीति


नेविसंघले भन्यो : शरणार्थी प्रकरणको अनुसन्धान दबाब र प्रभावमा नपरोस्

नेविसंघले भन्यो : शरणार्थी प्रकरणको अनुसन्धान दबाब र प्रभावमा नपरोस्

नेपालखबर
बैशाख २७, २०८० बुधबार १८:५२, काठमाडौँ

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान दबाब र प्रभावमा प्रभावित हुन नहुने बताएको छ।

नेविसंघले बुधबार बेलुकी विज्ञप्ति जारी गरेर प्रकरणमा भइरहेको छानबिन र अनुसन्धान टुंगोमा पुग्नै पर्नेमा जोड दिएको छ।

‘अनुसन्धानमा सघाउनु सबैको कर्तत्य हो। कुनै पनि दबाब र प्रभावमा अनुसन्धान प्रभावित हुनु हुँदैन,’ अध्यक्ष दुजाङ शेर्पाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिन र अनुसन्धान टुंगोमा पुग्नै पर्छ।’

प्रकरणमा संलग्नलाई कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गर्दै प्रकरणमा संलग्नलाई चोख्याउने काम नगर्न पनि सचेत गराएको छ।

‘कोही कसैले वा कहीँ कतैबाट प्रभावित गर्ने काम नहोस्। प्रकरणमा संलग्न जो कोहीलाई ढाकछोप गर्ने वा चोख्याउने काम नहोस्,’ शेर्पाले भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .