शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत विभागीय डर्बिमा त्रिभुवन आर्मी फुटबल क्लव एपीएफ एफसीसँग स्तब्ध भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा एपीएफले आर्मीलाई ३–० को फराकिलो अन्तरले पराजित गर्यो।
खेलको ४१ औँ मिनेटमा अर्मान्ड बियोडमले गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाए। अर्माण्डको लामो प्रहार आर्मीका गोलरक्षक विकेश कुथुलाई लाग्दै पोष्टको गति लिदा दिपक गुरुङ र युद्व शाहिले क्यिर गर्न सकेनन्।
५६ औँ मिनेटमा हरि कार्कीको क्रस दिपक कार्कीले क्लियर गर्न नसक्दा आभास लामिछानेले उत्कृष्ट गोल गरे।
६२ औं मिनेटमा अर्मान्डको पासमा नवीन लामाले गोल गर्दै एपिएफलाइ ३–० को अग्रता दिलाए।
लिगको पहिलो चरणमा पनि आर्मी एपिएफसँग १–० ले पराजित भएको थियो।
जितसँगै एपिएफ छैटौ स्थानमा उक्लेको छ। एपीएफले १६ खेलबाट २२ अंक बनाएको छ।
पराजित आर्मी एक स्थान तल झर्दै सातौं स्थानमा छ। आर्मीले १५ खेलमा २१ अंकमा जोडेको छ।
Shares
प्रतिक्रिया