ad ad

राजनीति


टोपबहादुरलाई एमालेले निलम्बन गरेपछि सूर्य थापा खुसी

टोपबहादुरलाई एमालेले निलम्बन गरेपछि सूर्य थापा खुसी

नेपालखबर
बैशाख २७, २०८० बुधबार १५:१६, काठमाडौँ

नक्कली शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार टोपबहादुर रायमाझीलाई पार्टीले सचिव पदबाट निलम्बन गरेपछि नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापा खुसी भएका छन्।

सोही प्रकरणमा बुधबार प्रहरीले नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गर्नासाथ यही वैशाख २० गतेदेखि फरार पूर्व उपप्रधानमन्त्री रायमाझीलाई एमालेले सचिव पदबाट निलम्बन गरेको हो। 

यसलाई ‘शुभ समाचार’ भन्दै प्रतिनिधि सभासमेत रहेका थापाले सामाजिक सञ्जालमार्फत खुसी प्रकट गरेका हुन्।   

उनले लेखेका छन्, ‘गुड न्युज, निवासबाटै नेपाली कांग्रेसका नेता पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ, टोपबहादुर रायमाझीलाई जिम्मेवारीबाट निलम्बन गर्दै अनुसन्धान कार्यमा सघाउन पार्टी सचिवालयको स्पष्ट निर्देशन, अब अरू ककसको पालो त?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .