ad ad

ग्लोबल


इमरान खानविरुद्ध सुनुवाइ गर्न प्रहरीको गेस्ट हाउसलाई नै अदालत बनाइयो

मुलुकभर तनाव, दुई जनाको मृत्यु, बेलायत र अमेरिकामा समेत प्रदर्शन
इमरान खानविरुद्ध सुनुवाइ गर्न प्रहरीको गेस्ट हाउसलाई नै अदालत बनाइयो

नेपालखबर
बैशाख २७, २०८० बुधबार १५:२०,

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको मुद्दा सुनुवाइका लागि इस्लामावादस्थित प्रहरीको गेस्ट हाउसलाई नै अदालत बनाइएको छ। 

भ्रष्टाचार आरोपमा मंगलबार अदालतबाटै नाटकीय रुपमा गिरफ्तार उनलाई १४ दिन हिरासतमा राख्न सरकारी पक्षले अनुमति मागेको छ। जसबारे सुनुवाइ चलिरहेको छ।

उनको गिरफ्तारीपछि पाकिस्तानभर तनाव चर्केको छ। देशभर विशाल प्रदर्शन भएका छन्। हालसम्म दुई जनाको ज्यान गइसकेको बताइएको छ।

खानको गिरफ्तारीपछि प्रहरीले उनका समर्थकहरुलाई पनि समातेको छ।

खानविरुद्ध करिब दर्जन आरोप लगाइएको छ। जसलाई उनले अस्वीकार गरेका छन्।

कराँचीमा गतराति प्रदर्शनकारीले दर्जनौँ सवारी साधनमा आगो लगाएका छन्। मुलुकभर मोबाइल इन्टरनेट सेवा अवरुद्ध गरिएको छ। विद्यालयहरु बन्द छन्। प्रमुख सहरहरुमा ट्राफिक पातलिएको छ।

खानको पार्टी पीटीआईले हड्तालको योजना बनाएको छ।

खानका समर्थकले पाकिस्तान मात्र होइन, बेलायत, अमेरिका र क्यानडामा समेत प्रदर्शन गरेका छन्।

अचानक सत्ताच्यूत गरिएका खानको लोकप्रियता झनै बढ्दै गएको छ। तर, सरकारी पक्षले उनलाई मुद्दा लगाउने आगामी निर्वाचनमा उठ्नका लागि अयोग्य घोषित गर्न खोजेको खानको आरोप छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .