ad ad

राजनीति


संसद् सचिवालयलाई टोपबहादुरको पत्र : बिरामी भएर उपचार गर्दैछु

संसद् सचिवालयलाई टोपबहादुरको पत्र : बिरामी भएर उपचार गर्दैछु

फाइल तस्बिर


नेपालखबर
बैशाख २७, २०८० बुधबार १४:३४, काठमाडौँ

नक्कली शरणार्थी प्रकरणमा मुछिएर फरार रहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले आफू बिरामी भएको भन्दै संसद सचिवालयलाई पत्र पठाएका छन्। 

संसद सचिवालय स्रोतका अनुसार उनले आफू बिरामी भएर उपचाररत रहेको भन्दै पत्र पठाएका हुन्। 

‘पत्र आएको सुनेका छौँ, तर कुन माध्यमबाट पठाएको बुझ्दैछौँ, ईमेलबाट पठाएको हुन सक्छ’, संसद् सचिवालयका एक अधिकारीले भने, ‘पत्रमा बिरामी भएर उपचारका क्रममा रहेको बेहोरा रहेको बुझिएको छ।’

टोपबहादुर मंसिर ४ को निर्वाचनमा अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए।

यसैबीच प्रहरीले अदालतबाट पक्राउ पुर्जी जारी गराएपछि गत वैशाख २० गतेदेखि गायब उनलाई एमालेले बुधबारदेखि निलम्बन गरेको छ।

यो प्रकरणको अनुसन्धान नसकिएसम्म एमालेको जिम्मेवारीबाट रायमाझीलाई निलम्बन गरिएको जानकारी महासचिव शंकर पोखरेलले दिएका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .