ad ad

ग्लोबल


अमेरिकाविरुद्ध इरानका सर्वोच्च नेताको कडा प्रतिक्रिया

अमेरिकाविरुद्ध इरानका सर्वोच्च नेताको कडा प्रतिक्रिया

इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी


नेपालखबर
असोज १६, २०८१ बुधबार १९:२९, काठमाडौँ

इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले तेहरानमा भएको बैठकमा अमेरिका र केही अन्य युरोपेली देशविरुद्ध कडा शब्द प्रयोग गरेका छन्।

उनले इजरायल–हिजबुल्लाह र हमासबीच जारी युद्ध र क्षेत्रीय तनावका लागि अमेरिका र केही युरोपेली देशलाई दोष दिँदै यी देशले यस क्षेत्रमा शान्ति ल्याउने झुटो दाबी गरेको बताएका हुन्। 

उनले यस क्षेत्रमा रहेका देशहरू शान्तिमा बस्नका लागि उनीहरूलाई यस क्षेत्रबाट 'गायब' गर्नुपर्ने बताएका छन्।

खामेनीले हिज्बुल्लाह नेता हसन नसरल्लाहको हत्यामा शोक व्यक्त गरे। 

एक वरिष्ठ इरानी अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई मंगलबार इजरायलमा क्षेप्यास्त्र प्रहार गर्ने आदेश देशका सर्वोच्च नेताले दिएको बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .