ad ad

राजनीति


प्रदेश ३ को राजधानी विवादः कुन सांसदले के भने?

प्रदेश ३ को राजधानी विवादः कुन सांसदले के भने?

नेपालखबर
पुस २४, २०७६ बिहिबार १४:४८,

प्रदेश नं. ३ को प्रदेश सभामा बिहीबार पनि प्रदेशको राजधानी तोक्ने विषयमा बिहीबार पनि छलफल जारी रहेको छ। 

छलफलमा सांसदहरुले काभ्रे र हेटौंडालाई राजधानी बनाउने विषयमा आ आफ्नो धारणा राखेका छन्। सांसद रवीन प्रसाद पाण्डेले संविधानले दिएको विशेष अधिकार अनुसार प्रदेशले राजधानी र नाम तोकोस भन्ने आग्रह गरे। उनले भौगोलिक सुगमता, औचित्य सामर्थ, सबै दृष्ठिकोणले १३ जिल्लामध्ये ३२ लाख जनखंख्या बसोबास गर्ने क्षेत्रले काभ्रे र १३ लाख जनसंख्याले हेटौडालाई नजिक ठान्ने बताउँदै भौगोलिक सुगमता र सिंहदरबारको शासन जनताको विचमा ल्याउन काभ्रे उपयुक्त भएको बताए। उनले १० जिल्लाले हामी छुट्टै राजधानी घोषणा गर्छौँ भन्ने दिन आउन नदिन पनि काभ्रेमा प्रदेश राजधानी तोकिनुपर्ने बताए।

सांसद प्रेमबहादुर पुलामीले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमतिमा हेटौंडा राजधानी तोकेकाले त्यसलाई नविगार्न माग गरे।

सांसद केशवराज पाण्डेले भने नुवाकोट प्रदेशको राजधानी बनाउनुपर्ने धारणा राखे। उनले नुवाकोटामा आफ्नो भर भएर मात्र नभई काठमाडौंको जनघनत्व कम गर्न उपयुक्त ठाउँ नुवाकोट भएकाले प्रदेश राजधानी नुवाकोट हुनुपर्ने बताए।

सांसद ओमबहादुर घलानले राजधानीका लागि बीचभाग खोज्ने कि महत्वपूर्ण भाग खोज्ने? भन्दै प्रश्न गरे। मकवानपुर भनेको सबै भन्दा बढी जातिको बसोबास भएको जिल्ला रहेको र सबैले हेटौडालाई नै मन पराएकाले हेटौडा नै राजधानी हुनुपर्ने बताए। उनले हिजो रणनीतिक सामरिक महत्वको आधारमा अस्थायी राजधानी तोकिएकाले त्यसालाई नविगार्न आग्रह गरे।

सांसद राजेन्द्र गुरुङले प्रदेश सरकार हुँदै गर्दा नागरिकलाई प्रत्यक्ष अनुभूति हुनेगरी केही दिन नसकेको बताउँदै अव काभ्रेलाई प्रदेश राजधानी तोकेर जानुपर्ने बताए।

सांसद मुनु सिग्देलले संविधान अनुसार नै राजधानी तोकिन्छ भन्दै कसैको अधिकार कसैले हनन् नगरेको दाबि गरिन्। दुई तिहाइ मतले मकवानपुरमा राजधानी तोक्न उनले आग्रह गरिन्।

सांसद रमेश पौडेलले काभ्रेको धुलिखेल राजधानी राख्न २ वटा आधारहरु प्रस्तुत गरे। उनले संघीयताले सामाजिक न्यानको सुनिश्चिता र हातैले भेट्ने ठाउँमा सरकार भनेकाले काभ्रे उपयुक्त हुने बताए। उनले ६० लाख जनसंख्या मध्ये ४८ लाखले एक दिन यात्रा गर्दा मुस्किलले हेटौडा पुग्ने र १३ मध्ये १० जिल्लाले राजधानी नभेटाउने भएकाले काभ्रे उपयुक्त हुने बताए। उनले प्रदेशको नाम बागमति राख्नु पर्ने समेत बताए।

सांसद विजुला बर्मा रानाले काभ्रेमा धेरै जनसंख्याको पायक पर्ने बताइन्। नेकपाभित्र ५० यता ५० उता छन्। त्यस्तै कांग्रेसको अन्तिम निर्णय सचिवालयको हुन्छ। केन्द्रीय सरकारले गरेको हस्तक्षेप सबैले सिर सिर निउ¥याएर स्वीकार गरेको आरोप लगाउँदै भावि सन्ततिका लागि पनि काभ्रे प्रदेश राजधानी उपयुक्त हुने बताइन्।

सांसद केशव प्रसाद पोखरेलले कार्यदलले विवरण मात्रै तोक्यो। एक दुई तीन भनेर तोक्न सकेन। तीन नम्बर प्रदेशको जनसंख्यार्लाइ कसरी सम्बोधन गर्न सक्छौँ। त्यो विषयमा छलफल हुनुपर्ने बताउँदै सेवाग्राहीको प्रभावकारीता हेरेर निर्णय गर्नुपर्ने बताए। उनले काभ्रे उपयुक्त हुने बताउँदै अझ गहन भएर सोच्न आग्रह गरे।

बैठक शुक्रबार दिउसो ३ बजे पुनः बोलाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .