ad ad

समाज


विनय कसजुको नाममा अक्षय कोष स्थापना

विनय कसजुको नाममा अक्षय कोष स्थापना

नेपालखबर
पुस २४, २०७६ बिहिबार १४:३६,

वरिष्ठ पत्रकार स्व विनय कसजुको नाममा आज अक्षय कोष स्थापना गरिएको छ। उक्त कोष पाल्पाली सङ्गमले स्थापना गरेको हो। स्व कसजु र उनले प्रकाशन गरेका ‘सत्य’, ‘देउराली’, ‘चौतारो’, ‘पाहुर’, ‘श्रीनगर’ तथा अन्य पत्रिकासहित अनगन्ती बालसाहित्य, सूचना र प्रविधिका क्षेत्रमा पुर्‍याएको योगदानका सम्बन्धमा आज यहाँ विचार व्यक्त भएका छन्।

पाल्पाली सङ्गमले आयोजना गरेको कसजुको स्मृतिसभामा पूर्वमन्त्री तथा सांसद सोमप्रसाद पाण्डेयले स्व कसजु बहुमुखी व्यक्तित्व रहेको धारणा व्यक्त गरे। कसजुले दर्जनौँ पत्रिकाको प्रकाशक तथा सम्पादक भई काम गरेका थिए। ती पत्रिकाहरुका तानसेन र गाउँघरमा लोकप्रिय थिए।

नेपालमा हवाइ साहित्यको सूत्रधारका रुपमा स्व कसजुलाई मानिन्छ। उनले २०३३ सालमा प्रकाशन गरेको ‘चौतारो’ हवाइपत्र नेपालको पहिलो हवाइ साहित्यिक पत्रिका थियो। उनका ५० भन्दा बढी बालसाहित्य प्रकाशित छन्। कसजुको ग्रामीण पत्रकारिता तथा लघुकथामा पनि महत्वपूर्ण योगदान थियो। उनी २०५५ सालमा उच्चस्तरीय मिडिया सुझाव आयोगका अध्यक्ष, २०६२ सालमा राष्ट्रिय सूचना आयोगका प्रथम प्रमुख आयुक्त र रिडी गाउँ पञ्चायतको प्रधानपञ्च थिए।

कसजुको ४५औँ दिनको पुण्यतिथिका अवसरमा आज आयोजित सो कार्यक्रममा पत्रकार आदित्यमान श्रेष्ठ, बाल साहित्यकार तथा पत्रकार प्रमोद प्रधान, सूचना आयोगका पूर्वआयुक्त श्री आचार्य, पत्रकार शम्भु श्रेष्ठ, जीवन भण्डारीलगायतले उनको व्यक्तित्व र कृतिका सम्बन्धमा प्रकाश पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .