ad ad

राजनीति


गठबन्धनमा फेरबदल नभई अर्थतन्त्र चलायमान बन्न सक्दैन : योगेश भट्टराई

गठबन्धनमा फेरबदल नभई अर्थतन्त्र चलायमान बन्न सक्दैन : योगेश भट्टराई

नेपालखबर
बैशाख २६, २०८० मंगलबार १६:३, काठमाडौँ

नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले वर्तमान सत्ता गठबन्धन फेरबदल नभइ अर्थतन्त्र चलायमान बन्न नसक्ने टिप्पणी गरेका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा सरकारले प्रस्तुत गरेका बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा बोल्दै उनले सो कुरा बताएका हुन्। उनले वर्तमान गठबन्धन परिवर्तन नगर्ने हो भने देशको अर्थतन्त्र दुर्घटना हुने निश्चित रहेको बताए।

वर्तमान सरकारलाई विदेशीह र नेपाली लगानीकर्ताले समेत विश्वास गर्न नसकिरहेको दाबी उनले गरे। उनले अहिलेकै जोडी बनाइरहने हो भने प्रधानमन्त्रीको फिल्म सुपर फ्ल्प हुने निश्चितप्रायः रहेको बताउनु भयो ।

‘सरकार चलेकै छैन, सरकारका संयन्त्र चलेकै छैनन्। कर्मचारीतन्त्र चलैकै छैनन्। कर्मचारीले विश्वास गरेका छैनन्,’ उनले भने, ‘विदेशीले विश्वास गरेका छैन्। नेपाली लगानीकर्ताले विश्वास गरेका छैन्। अब यो जोडी कायम राख्ने की जोडी बदल्ने की छोड्ने यो ठाउँमा छलफल गर्नुपर्छ। यही जोडी कायम राख्ने हो भने प्रधानमन्त्रीको फिल्म सुपर फ्ल्प हुने निश्चित छ।’

उनले अब यो जोडीले कुनै गाढा तान्न सक्ने अवस्थ नभएको बताए। 

‘अब यसले कुनै गाढा तान्नसक्ने अवस्था देखिँदैन। किनभने चौतर्फी अविश्वास नै अविश्वासको अवस्था सिर्जना भएको छ। हिजो एकजना मान्य सदस्यले भन्नुभयो, अब झारफुकले हुँदैन, सर्जरी नै गर्नुपर्छ,’ सांसद भट्टराईले भने, ‘सर्जरी त गर्ने हो, तर उपकरण ठिक छैन, डाक्टर ठिक छैनन्। डाक्टर बदल्ने की उपकरण बदल्ने की, त्यही काम नलाग्ने उपकरण र काम नलाग्ने डाक्टरलाई  सर्जरी गर्न लगाउने? यो बहस हो।’

यही उपकरण र डाक्टरले बिरामीको सर्जरी गर्न नसकिने भट्टराईको भनाई थियो। 

सोमबारको संसद बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले अर्थतन्त्रलाई झारफुक मात्र गरेर नहुने बताएका थिए। 

‘यही उपकरण र डाक्टरले बिरामीको सर्जरी गर्न सक्दैन, बिरामीको मृत्यु हुनु अनिवार्य छ,’ सांसद भट्टराईले भने, ‘बिरामी बचाउने हो भने माथिल्लो तहबाट बहस हुुनपर्छ।’

सांसद भट्टराईले वर्तमान अर्थतन्त्र उकास्नका लागि सत्ता गठबन्धनमा फेरबदल आउनु अनिवार्य रहेको उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .