ad ad

राजनीति


सरकारलाई ठाकुर गैरेको प्रश्न : नक्कली शरणार्थी प्रकरणको कारबाही कहाँ पुग्यो?

सरकारलाई ठाकुर गैरेको प्रश्न : नक्कली शरणार्थी प्रकरणको कारबाही कहाँ पुग्यो?

फाइल तस्बिर


नेपालखबर
बैशाख २६, २०८० मंगलबार १३:७, काठमाडौँ

प्रतिनिधिसभाका सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरणका संलग्न सबैलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्। 

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले सो प्रकरणमा संलग्न सांसदहरु सदनमा बोलिरहेको उल्लेख गर्दै उनीहरुलाई किन पक्राउ नगरिएको भनेर सरकारलाई प्रश्न गरे। 

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले पक्राउ पुर्जी जारी गरिएका र अन्य मुछिएकाहरुमाथि छिटोभन्दा छिटो छानबिन गरी कारबाहीको प्रक्रियामा ल्याउन सरकारलाई सचेत गराए। 

सांसद गैरेले यो प्रकरण जघन्य अपराध, देशद्रोही काम भएकाले दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने बताए। 

‘नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेशमा पठाउने र त्यसबापत करोडौं असुल गर्ने, भ्रष्टाचार गर्ने काम जघन्य अपराध हो। यो भ्रष्टाचारजन्य जघन्य अपराध मात्रै नभएर यो राष्ट्रघात हो। देशद्रोही काम हो। त्यसकारण यसमा संलग्नहरुलाई छिटोभन्दा छिटो कारबाहीको प्रक्रियामा ल्याइनु पर्छ। कारबाही गरिनु पर्दछ’, उनले भने, ‘केही व्यक्तिहरु पक्राउ परेका छन। केही सांसदहरुलाई वारेन्ट जारी गरिएको छ। भागिराख्नु भएको छ। नोटिसमा भएका केही सांसद सदनमै हुनुहुन्छ, बोलिराख्नु भएको छ। यो के भएको हो? म यो सदनमार्फत सरकारलाई सोध्छु जाँचबुझ के भइरहेको छ? छानबिन के भइरहेको छ? यसमा संलग्न को हुन? यसमा सरकारले के गरिरहेको छ?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .