राजनीति


प्रधानमन्त्रीको कार्यालयमा संवैधानिक परिषद्को बैठक

प्रधानमन्त्रीको कार्यालयमा संवैधानिक परिषद्को बैठक

नेपालखबर
बैशाख २५, २०८० सोमबार १८:३२, काठमाडौँ

संवैधानिक परिषद्को बैठक सुरु भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा परिषद्को बैठक केहीबेरअघि सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

बैठकमा सभामुख देवराज घिमिरे, विपक्षी दलका नेता केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, कानुनमन्त्री धनराज गुरुङको उपस्थिति छ।

प्रधानमन्त्री प्रचण्डले गत शनिबार परिषद्को बैठक बोलाएका थिए।

प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि यसअघि बसेको बैठक निश्कर्षविहीन सकिएको थियो। आजको बैठकमा प्रधानन्यायाधीश नियुक्त गर्नका लागि सिफारिस गर्नेगरी छलफल हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .