ad ad

राजनीति


आइतबारबाट बर्खे अधिवेशन सुरु हुने, संसद् बैठक बस्दै

आइतबारबाट बर्खे अधिवेशन सुरु हुने, संसद् बैठक बस्दै

नेपालखबर
बैशाख २३, २०८० शनिबार २१:५६, काठमाडौँ

संघीय संसद् (प्रतिनिधि र राष्ट्रियसभा) को बर्खे अधिवेशन भोलि आइतबारदेखि प्रारम्भ हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरे बमोजिम अधिवेशन भोलि अपराह्न ४ बजे बानेश्वरस्थित संसद् भवनमा सुरु हुनेछ। 

संघीय संसद् सचिवालयका अनुसार अधिवेशनको पहिलो बैठकको सम्भावित कार्यसूचीमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको बेहोरा र राष्ट्रपतिको कार्यकालबाट प्राप्त मन्त्री पदमा नियुक्तिसम्बन्धी पत्रको बेहोरा बढेर सुनाउने तालिका छ। 

त्यसैगरी भोलिको बैठकमा सभामुखले आफ्नो अनुउपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यको मनोनय गर्ने तालिका छ।

त्यसैगरी बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ पेश गर्ने कार्यतालिका छ।

बैठकको अन्तिममा अर्थमन्त्री डा प्रकाशशरण महतले, ‘आर्थिक वर्ष २०८०र८१ को लागि विनियोजित विधेयकका विभिन्न सिद्धान्त र प्राथमिकतासम्बन्धी (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस्’, भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

आज बसेको सत्ता गठबन्धनको बैठकमा सरकारको आगामी बजेट र नीति तथा कार्यक्रमसम्बन्धी छलफल भएको थियो।

यस अधिवेशनमा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम आय व्यायको विवरण (बजेट) प्रस्तुत हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .