ad ad

राजनीति


टोपबहादुरबारे ओलीको जवाफ– मेरो सम्पर्कमा हुनुहुन्न, उहाँलाई नै सोध्नू

टोपबहादुरबारे ओलीको जवाफ– मेरो सम्पर्कमा हुनुहुन्न, उहाँलाई नै सोध्नू

फाइल तस्बिर।


नेपालखबर
बैशाख २३, २०८० शनिबार १४:२२, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सचिव टोपबहादुर रायमाझी आफ्नो सम्पर्कमा नभएको दाबी गरेका छन्। 

शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरबारमा भेट गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन्। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका एमाले सचिव रायमाझी कहाँ लाई जोगाउन ओलीले भूमिका खेलेको भन्ने विषयमा जवाफ दिँदै ओलीले केही घुस र बेइमानीमा भर पर्ने मान्छेहरुले हल्ला चलाएको दाबी गरे। 

‘केही यस्ता खालका मान्छेहरु छन्, घुस बेइमानीमा भर पर्ने त्यस्ता खालका मान्छेहरुले हल्ला चलाउँछन्,’ ओलीले भनेका छन्। 

सिंहदरबारमा प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग ओलीको सवाल–जवाफः
 

पूर्वमन्त्री भइसकेको मान्छे हराउँछन् र भन्नुभएको थियो, उहाँ कहाँ हराइरहनुभएको छ?
त्यो तपाईंहरुले बुझ्नु न।
तपाईंको सम्पर्कमा हुनुहुन्छ होला नि?
मैरो सम्पर्कमा हुनुहुन्न। 
कहिले आउनुहुन्छ उहाँ? 
सोध्नुस न, उहाँलाई नै।
तपाईं अभियुक्तलाई बचाउन लाग्नुभयो भन्ने आरोप छ, के भन्नुहुन्छ?
तपाईंहरूलाई विश्वास लाग्यो। त्यस्तो कुरा।
त्यो आरोप छ भनेको?
केही यस्ता खालका मान्छेहरू छन्, घुस र बेइमानीमा भर पर्ने त्यस्ता खालका मान्छेहरूले हल्ला चलाउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .