राजनीति


दीपकराज गिरीलाई मन परेका २ मन्त्री

दीपकराज गिरीलाई मन परेका २ मन्त्री

नेपालखबर
बैशाख २२, २०८० शुक्रबार २०:३४, काठमाडौँ

अभिनेता एवं फिल्म निर्माता दीपकराज गिरीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको प्रशंसा गरेका छन्। 

यी दुई मन्त्रीले थालेका सुधार अभियानका कारण कलाकार गिरी प्रभावित भएका हुन्।  

सामाजिक सञ्जालमा दुवै मन्त्रीको तस्बिर राख्दै उनले राम्रोलाई राम्रो भन्न सक्नुपर्ने जिकिर गरेका छन्। 

‘नराम्रो मात्रै देख्नु पनि नराम्रो हो’, गिरीले लेखेका छन्, ‘राम्रोलाई त राम्रो पनि भन्नुपर्‍यो नि!’ 

यस क्रममा उनले सञ्चारमाध्यममा प्रकाशित गृहमन्त्री श्रेष्ठले गरेका कामको सूची पनि देखाएका छन्। 

ती हुन्
-गृहमन्त्री र गृहसचिवको सुराकी खर्च खारेज 

-नक्कली भुटानी शरणार्थी प्रकरण छानबिन

-विदेशी कम्पनीले राष्ट्रिय परिचयपत्र रुजु गर्ने कार्यविधि खारेज

-मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग

-बिनाहस्तक्षेप सरुवा–बढुवा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .