राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बैठक केहीबेरअघि सुरु भएको हो।
सरकालाई दिएको समर्थन फिर्ता लिने वा सरकारमै सहभागी हुनेबारेको निर्णय लिन संयुक्त बैठक बसेको हो।
यसअघि गत सोमबार बसेको रास्वपा बैठकले आज शुक्रबार निर्णायक बैठक राख्ने निर्णय गरेको थियो।
गत मंसिरको चुनावपछि सरकारमा सहभागी भइसकेको रास्वपा नागरिकता मुद्दाका कारण गृहमन्त्रीसमेत भइसकेका पार्टी सभापति रवि लामिछानेको सांसद पद गुमेपछि सरकारबाट बाहिरिएको हो।
तर उसले सरकारलाई दिएको समर्थन भने अहिलेसम्म फिर्ता लिएको छैन।
पछि प्रक्रियाबमोजिम पुनः नेपाली नागरिकता लिएर लामिछाने यही वैशाख १० गते भएको उपचुनाव जितेर फेरि चितवन–२ बाटै प्रतिनिधि सभा सदस्य भइसकेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई फेरि सरकारमा सामेल हुन आग्रह गरेका छन् भने रास्वपाले प्रधानमन्त्री प्रचण्डको ठोस निर्णयको प्रतिक्षा गरिरहेको छ।

Shares

प्रतिक्रिया