राजनीति


कानुनमन्त्रीले भने- छिटो न्याय दिलाउन पहल गर्नेछु

कानुनमन्त्रीले भने- छिटो न्याय दिलाउन पहल गर्नेछु

मन्त्रालयमा पदभार ग्रहण गरेपछि मन्त्री गुरुङ। तस्बिर : सरोज बैजु


नेपालखबर
बैशाख २१, २०८० बिहिबार १७:४, काठमाडौँ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले कानुन बमोजिम सबै चल्नु पर्ने बताएका छन्। पदभार ग्रहणपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले कानुन बमोजिम सबै चल्नु पर्ने बताएका हुन्।

‘कानुन बमोजिम सबै चल्नुपर्छ, कानुनभन्दा माथि कोही पनि हुँदैन,’ गुरुङले भने, ‘त्यही ढंगबाट अघि बढ्न सबैको सहयोग हुने विश्वास छ, सोही बमोजिम मैले काम गर्नेछु।’

कुनै पनि क्षेत्रको भ्रष्टाचारको सन्दर्भमा कसैलाई छुट नहुने भन्दै उनले अदालतलाई निष्पक्ष, स्वतन्त्र, छिटो, छरितो चुस्त दुरुस्त बनाउने बताए।

मन्त्री गुरुङले आर्थिक पारदर्शितालाई प्राथमिकतामा राखिने बताए।

‘कुनै पनि कुरामा आर्थिक पारदर्शितालाई प्राथमिकतामा राखिने छ। कुनै पनि योजना अघि बढाउँदा त्यसको कति लगानी, लागत, किस्ताबन्दीमा कति के भन्ने कुरा निकालिने छ,’ उनले भने, ‘मेरो प्रथमिमकता सुशासन नै हुने छ, जस्टिस डिले छ त्यसको अन्त्यका लागि प्रयास गर्ने छु, म यसमा चुस्त र दुरुस्त बनाएर अघि बढ्नेछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .