ad ad

राजनीति


आगामी वर्षदेखि बजेटको १ प्रतिशत रकम नवप्रवर्तन तथा आविष्कार कोषमा राखिने

आगामी वर्षदेखि बजेटको १ प्रतिशत रकम नवप्रवर्तन तथा आविष्कार कोषमा राखिने

तस्बिर : सरोज बैजु


नेपालखबर
बैशाख १८, २०८० सोमबार १७:४६, काठमाडौँ

सरकारले आगामी आर्थिक वर्षदेखि संघीय सरकारको पूँजीगत बजेटको एक प्रतिशत रकम अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कार कोषमा जम्मा गर्ने भएको छ। 

सोमबार राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग भएको सहमतिको तेस्रो बुँदामा सो कुरा उल्लेख गरिएको छ। 

अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरू एकीकृत रूपमा संचालन गर्न नेपाल सरकारले एउटा कोष स्थापना गर्ने र सो कोषमा सरकारको तर्फबाट १ प्रतिशत बजेट जम्मा गर्ने सहमति भएको सहमतिमा उल्लेख छ।

‘आगामी आर्थिक वर्षदेखि सङ्घीय सरकारको पूँजीगत बजेटको एक प्रतिशत रकम अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कार कोषमा जम्मा गर्ने,’ सहमतिमा भनिएको छ, ‘अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारलाई प्रवर्द्धन गर्न आवश्यक नीतिगत, कानूनी एवं सँस्थागत प्रबन्ध गर्ने।’

सोमबार सिंहदरबारमा उपप्रधान तथा रक्षामन्त्री पूर्ण बहादुर खड्काको उपस्थितिमा छलफल भएको थियो। 

सो छलफलपछि ७ बुँदे सहमति भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .