राजनीति


सरकार र महावीर पुनबीच ७ बुँदे सहमति

सरकार र महावीर पुनबीच ७ बुँदे सहमति

नेपालखबर
बैशाख १८, २०८० सोमबार १७:२९, काठमाडौँ

सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच सहमति जुटेको छ।

सोमबार सिंहदरबारमा उपप्रधान तथा रक्षामन्त्री पूर्ण बहादुर खड्काको उपस्थितिमा भएको छलफलपछि ७ बुँदे सहमति जुटेको हो। 

विभिन्न माग राखि अनशनमा उत्रिएका पुनसँग वार्ता गर्नका लागि यसअघि सरकारले वार्ता टोली गठन गरेको थियो। 

अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरू एकीकृत रूपमा संचालन गर्न नेपाल सरकारले एउटा कोष स्थापना गर्ने र यस कोषबाट अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरुमा लगानी गर्ने सहमति जुटेको छ। 

त्यस्तै, कोषको व्यवस्थापन तथा संचालन गर्न सङ्घीय संसदको आउँदो अधिवेशनमा विधेयक पेश गरी पारित गर्ने पनि सहमति भएको छ।

आगामी आर्थिक वर्षदेखि सङ्घीय सरकारको पूँजीगत बजेटको एक प्रतिशत रकम अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कार कोषमा जम्मा गर्ने निर्णय पनि भएको छ।

अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै पुन शुक्रबारबाट अनिश्चितकालीन धर्नामा बसेपछि उनीसँग वार्ता गर्न सरकारलाई चौतर्फी दबाब परेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .