ad ad

राजनीति


पूर्वराजालाई प्रधानमन्त्रीको चेतावनी : फोहोरको थुप्रोमा फ्याँकिएका छाउराहरूले टाउको नउठाए हुन्छ

पूर्वराजालाई प्रधानमन्त्रीको चेतावनी : फोहोरको थुप्रोमा फ्याँकिएका छाउराहरूले टाउको नउठाए हुन्छ

अखिल नेपाल ट्रेड युनियन महासंघको कार्यक्रममा प्रचण्ड। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
बैशाख १८, २०८० सोमबार १७:१३, काठमाडौँ

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोहोरको  डुंगुरमा फ्याँकिएको राजतन्त्रलाई फेरि टाउको नउठाउन चेतावनी दिएका छन्। 

अखिल नेपाल ट्रेड युनियन महासंघले सोमबार काठमाडौंमा आयोजना एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

उनले पूर्व राजा ज्ञानेन्द्र शाहप्रति संकेत गर्दै भ्रष्टाचारविरुद्ध कडा वक्तव्य दिएपछि इतिहासको फोहोरको डुंगुरमा फालिएकाहरु फेरि बाहिर निस्किने प्रयास गरेको भन्दै त्यस्ता प्रवृत्तिविरुद्ध खडा हुन पनि पार्टीका, नेता, कार्यकर्तालाई निर्देशन दिए।

‘अहिले कहिलेकाँही म देख्छु भने सबैभन्दा भ्रष्ट तत्वहरु भ्रष्टाचारविरुद्ध बोलेको देख्दा अनौठो लाग्छ। सबभन्दा भ्रष्ट उनै हुन्’, उनले भने, ‘त्यसकारण हामीले साँचो अर्थमा सुशासन कायम गर्नुपर्छ। तपाईंहरुले हेर्नु भएको छ, हाम्रो घोषणा पत्रमा हामी एउटा आयोग बनाएर २०४८ सालयताका सबै भ्रष्टहरुको छानवीन सुरु गर्नेछौं।’

प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्ध अलिक कडा वक्तव्य दिएपछि पूर्वराजा ज्ञानेन्द्र शाहमा छटपटी बढेको पनि बताएका छन्। 

‘यो सरकारले भ्रष्टचारविरुद्ध अलिक कडा वक्तव्य दियो। सुशासन र विकासलाई केन्द्रित गर्न थालेपछि हिजो इतिहासको कुँडाकर्कटमा मिल्काइएका सामन्तका छाउराहरु बाहिर आएको देख्नु भएको छ’, उनले भने,  ‘नेपाली जनताले इतिहासको कुँडाकर्कटमा, फोहोर फाल्ने ठाउँमा फालिसकेकाहरु पनि उठ्न खोज्दैछन्। अझ पूर्वबाट रे, मेचीबाट रे। मैले त्यसको जवाफ फागुन १ गते सार्वजनिक बिदा दिएर दिइसकेको छु। त्यस्ता प्रवृत्तिका विरुद्ध हामी खडा हुनुपर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .