राजनीति


न्यू योर्क टाइम्सको विश्लेषण : सैन्य भिडन्त चर्काउनबाट पछि हटे ट्रम्प

न्यू योर्क टाइम्सको विश्लेषण : सैन्य भिडन्त चर्काउनबाट पछि हटे ट्रम्प

नेपालखबर
पुस २३, २०७६ बुधबार १७:३३,

अमेरिकाको एक प्रमुख पत्रिका न्यू योर्क टाइम्सले भनेको छ– इरानसँग थप सैन्य भिडन्त चर्काउनबाट पछि हटे राष्ट्रपति डोनाल्ड ट्रम्प।

इरानले इराकमा रहेका अमेरिकी सेनालाइ लक्षित गरी २२ क्षेप्यास्त्र आक्रमण गरेपछि बुधबार राती आउने भनिएकाे अमेरिकी राष्ट्रपति ट्रम्पकाे प्रतिक्रिया कस्ताे हुने हाे भनी संसारभर निकै उत्सुकताका साथ हेरिएको थियाे। साेहि प्रतिक्रियाकाे तत्काल विश्लेषण गर्दै टाइम्सले यस्तो ठहर गरेको हो।

‘इरानसँग सैन्य भिडन्त थप चर्काउनबाट राष्ट्रपति ट्रम्प पछि हटेका छन्,’ ट्रम्पको सम्बोधनको केहि मिनेटमैं गरिएको विश्लेषणमा टाइम्सले भनेको छ।

साे सम्बाेधनमा  ट्रम्पले ‘इरान पछि हटेजस्तो देखिन्छ, जुन सम्बन्धित सबै पक्षहरु र संसारकै लागि धेरै राम्रो कुरा हो,’ भनेका छन्।

उनले आफू राष्ट्रपति रहेसम्म इरानलाई कुनै पनि हालतमा आणविक हतियार राख्न नदिने बताएका छन्। ‘तर उनले थप शक्ति प्रयोग गर्ने धम्कि दिएनन्,’ टाइम्सले भनेको छ। ‘राष्ट्रपतिले भनेका छन्, अमेरिका शान्ति अपनाउन तयार छ।’

न्यू योर्क टाइम्स ट्रम्पको कट्टर आलोचक सञ्चार संस्था मानिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad