राजनीति


ट्रम्प भन्छन् : म राष्ट्रपति रहेसम्म इरानले आणविक हतियार राख्न पाउनेछैन

ट्रम्प भन्छन् : म राष्ट्रपति रहेसम्म इरानले आणविक हतियार राख्न पाउनेछैन

नेपालखबर
पुस २३, २०७६ बुधबार १६:४१,

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू अमेरिकाको राष्ट्रपति रहेसम्म इरानलाई आणविक हतियार राख्न नदिने बताएका छन्।

गएराती इरानले इराकमा रहेका दुई अमेरिकी सैन्य शिविरमा २२ मिसाइल प्रहार गरेपछि त्यसको जवाफस्वरुप ट्रम्पले सो घोषणा गरेका हुन्।

उनले गएरातिको आक्रमणमा कुनैपनि अमेरिकी वा इराकीको ज्यान नगएको र आफूहरुको बुद्धिमतापूर्ण तयारीका कारण ज्यान बचाउन सफल भएको बताएका छन्।

उनले इरानले आफ्नो व्यवहारमा परिवर्तन नगरेसम्म अझ कडा प्रतिबन्ध लगाउने बताएका छन्।

गतसाता अमेरिकी राष्ट्रपति ट्रम्पकै आदेशमा इरानका प्रमुख जर्नेल जनरल कासिम सुलेमानीको हत्याको बदला भन्दै इरानले इराकमा रहेका अमेरिकी सैन्य शिविरमा मिसाइल प्रहार गरेको बताएको थियो।

इराकी सेनाले वक्तव्य जारी गर्दै इरानले अनवर प्रान्तमा रहेको अल असद सैन्य शिविरमा १७ र इरबिलमा ५ वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको बताएको थियो।

ट्रम्पले सुलेमानीले सो क्षेत्रमा रक्तपातपूर्ण युद्ध चर्काएको, अमेरिकीहरुको ज्यान लिएको र उनी पहिले नै मारिनुपर्ने दाबी गरे।
अल असदमा प्रहार गरिएको १७ मध्ये २ वटा क्षेप्यास्त्र विस्फोट नभएको इराकी सेनाको भनाइ छ।

स्थानीय समयअनुसार बुधबार बिहानै पौने २ देखि सवा २ बजेसम्म सो आक्रमण भएको जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad