ad ad

राजनीति


मेराे सल्लाहमै महावीर पुन आन्दोलनमा उत्रिनुभएको हो : प्रधानमन्त्री प्रचण्ड

मेराे सल्लाहमै महावीर पुन आन्दोलनमा उत्रिनुभएको हो : प्रधानमन्त्री प्रचण्ड

नेपालखबर
बैशाख १८, २०८० सोमबार १५:२७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन सरकारको सल्लाहमा आन्दोलन गर्न गएको बताएका छन्।

सोमवार प्रेस सेन्टर नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। उनले वैशाख १४ गते महावीर पुन बालुवाटार गएको र आफूसँग सल्लाह गरेर नै आन्दोलनमा उत्रिएको बताए।

उनले महावीर पुनले आफूसँग केही माग राखेको र ती माग पूरा गर्न सरकार तयार रहेको बताए। उनले सरकारले महावीर पुनलाई वास्ता गरेन भन्नु गलत भएको बताए।

उनले भने, ‘महावीर पुन माईतीघर मण्डलामा बस्ने अघिल्लो दिन मसँग आउनुभएको थियो, बालुवाटारमा। राम्रो कुराकानी भयो। केही माग गर्नुभएको छ। जिडिपीको एक प्रतिशत भन्नुभएको रहेछ, तर त्यसको होइन, अहिलेको आर्थिक अवस्था हेर्दा विकासको त्यसमा राम्रो छलफल भयो। म त माईतीघरमा बस्छु है कस्तो हुँदो रहेछ भनेर भन्नुभएको थियो, मैले नै भन्न त मिलेन, तर तपाई बस्नुभए सजिलो हुन्छ बजेट बनाउन भनेको थिएँ, सरकारले वास्ता गरेन भन्ने झुटो कुरा हो। सरकारसँगै छलफल गरेर, सल्लाह भएर उहाँ बस्नुभएको हो। म उहाँका माग सम्बोधन गर्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .