ad ad

ग्लोबल


अलिबाबा छाडेका ज्याक माले टोकियोमा गर्न थाले मास्टरी

अलिबाबा छाडेका ज्याक माले टोकियोमा गर्न थाले मास्टरी

नेपालखबर
बैशाख १८, २०८० सोमबार १५:२७,

अलिबाबाका संस्थापक ज्याक माले जापानमा पढाउन थालेका छन्। चिनियाँ सरकारी अधिकारीहरुले प्रविधि क्षेत्रमा निगरानी र हस्तक्षेप बढाएपछि उनी सार्वजनिक मञ्चमा देखिन छाडेका थिए।

सोमबार टोकियो कलेजले मा आफ्नो कलेजमा मे १ देखि भिजिटिङ प्रोफेसरका रुपमा जोडिएको जनाएको छ। माले दीगो कृषि तथा खाद्य उत्पादनमा रिसर्च गर्नुका साथै उद्यमका विषयमा सेमिनार पनि गर्ने कलेजले जनाएको छ।

चमत्कारी उद्यमी मा चीनका सबैभन्दा चर्चित व्यवसायी थिए। उनी विदेशी सञ्चारमाध्यमलाई अन्तर्वार्ता पनि दिइरहन्थे। 

तर, २०२० को अन्त्यमा चिनियाँ नियामक निकायको आलोचना र अलिबाबासम्बद्ध फिनटेक कम्पनी आन्ट ग्रुपको ३७ अर्ब डलरकको आईपीओ रोकिएपछि उनी चर्चाबाट हराए।

पछिल्लो एक वर्षको धेरैजसो समय उनले टोकियोमै बिताएका थिए। 

आन्ट ग्रुपको आईपीओ रद्द भएपछि चीनको सबैभन्दा ठूलो प्रविधि कम्पनीमाथि नियामक निकायले कारबाही थाल्यो र कीर्तिमानी २.८ अर्ब जरिवाना लियो। 

त्यसपछि अलिबाबा कार्यकारी प्रमुख डेनियल चाङले यो कम्पनी फुटाएर ६ अलअलग युनिट बनाउने घोषणा गरे। त्यसलाई समर्थन गर्दै मार्चमा चीन फर्किएका थिए।

उनी फर्किंदा उद्यम क्षेत्रको आत्मविश्वास बढेको विश्लेषकहरु बताउँछन्।

‘अवकाशपछि ज्याक मा कम्पनीको दैनिक कार्य सञ्चालनमा सहभागी छैनन्। तर, पर्दापछाडि उनको धारणा र विचारको ठूलो महत्व हुन्छ र त्यसले ठूलो प्रभाव पनि पार्छ,’ अलिबाबाका पूर्वकर्मचारी तथा द ताओ अफ अलिबाबा पुस्तकका लेखक ब्रायन ए वङ भन्छन्।

माको रुचिका कारण उनी जापानमा बसेको वङ बताउँछन्।

‘उनलाई सधैँ यो मुलुक घुम्न मजा लाग्छ। जापानको संस्कृतिप्रति उनमा ठूलो सम्मान छ, यहाँ खाना उनलाई मन पर्छ र यहाँ उनका साथी पनि छन्,’ उनले भने।

कम्पनीको बागडोर चाङलाई थमाएपछि माले आफ्नो ध्यान शैक्षिक र परोपकारी काममा केन्द्रित गरेका छन्। गत महिना उनले युनिभर्सिटी अफ हङकङमा मानार्थ प्रोफेसरको नियुक्ति स्वीकार गरेका छन्। जहाँ उनले वित्त तथा कृषिमा अनुसन्धान गर्ने जनाइएको छ।

माले आन्ट ग्रुपमाथिको नियन्त्रण जनवरीमा त्यागेका थिए। जसका कारण उनको सेयर घटेको छ र कम्पनीलाई हङकङ वा सांघाइको सेयर बजारमा सूचीकृत हुन बाटो खुलेको छ। फाइनान्सियल टाइम्स

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .