राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ।
सोमबार बसेको केन्द्रीय समिति बैठकले लामिछानेलाई दलको नेता बनाउने निर्णय गरेको हो।
सो निर्णयलाई आजै बस्ने संसदीय दलको बैठकले अनुमोदन गर्ने तयारी छ।
यसअघि रवि लामिछानेको सांसद पद खारेज भएपछि संसदीय दलको नेता बनेका डोलप्रसाद अर्यालले शनिबार राजीनामा दिएका थिए।
42
Shares
प्रतिक्रिया