नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त भएका छन्।
उनलाई उपसभापति तथा प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले सोमबार प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन्।
कांग्रेसको विधान, २०१७ को ३६ घ बमोजिम उनलाई प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष आचार्य लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएका छन्। उनले कांग्रेसका विभिन्न समितिहरुमा रहेर काम गरिसकेका छन्।
153
Shares
प्रतिक्रिया