ad ad

खेल


आउट भए यूएईका दुई ब्याट्सम्यान

आउट भए यूएईका दुई ब्याट्सम्यान

नेपालखबर
बैशाख १८, २०८० सोमबार ९:३४, काठमाडौँ

एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईका दुई ब्याट्सम्यानलाई आउट गरेको छ।

सोमपाल कामीले ओपनर तथा कप्तान मुहम्मद वसिमलाई ललित राजवंशीको हातबाट क्याच गराए। वसिमले ८ बलमा एक चौका र एक छक्का मद्दतमा ११ रन बनाएका थिए। 

यसैगरी नेपालका लागि करण केसीले वृत्या अरविन्दलाई विकेट किपर आशिफ शेखको हातबाट क्याच आउट गराए। वृत्याले ८ बलमा २ चौका हान्दै ८ रन बनाएका थिए। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि यूएईले ब्याटिङ गरिरहेको छ।

यूएई अहिले ६.२ ओभरमा २ विकेटको क्षतिमा २९ रन बनाएर खेलिरहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .