राजनीति


राजतन्त्रबारे ओलीले दिएको अभिव्यक्ति सच्याउन राप्रपा प्रवक्ता श्रेष्ठको चेतावनी

राजतन्त्रबारे ओलीले दिएको अभिव्यक्ति सच्याउन राप्रपा प्रवक्ता श्रेष्ठको चेतावनी

नेपालखबर
बैशाख १७, २०८० आइतबार १७:१७, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्रबारे गरेको टिप्पणीप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आपत्ति जनाएको छ। 

आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा ओलीले राजतन्त्र मान्नेहरूस्वार्थी, फटाह, मुर्ख र अज्ञानी हुने टिप्पणी गरेका थिए। 

सो टिप्पणीप्रति आपत्ति जनाउँदै राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले ओलीको अभिव्यक्ति आपत्तिजनक र दुर्भाग्यपूर्ण रहेको बताएका छन्। 

‘राजसंस्था पक्षधर ठूलो पंक्तिको आस्था र भावनामा चोट पुग्ने गरि एमाले अध्यक्ष केपी ओलीको अभिव्यक्ति आपत्तिजनक र दुर्भाग्यपूर्ण छ,’ श्रेष्ठले भनेका छन्, ‘राजसंस्था मान्नेहरु फटाहा, मुर्ख र अज्ञानी हुन्छन् भन्ने उहाँको अभिव्यक्ति असहिष्णु र विद्वेषपूर्ण छन्। आफ्नो अभिव्यक्ति फिर्ता लिन अनुरोध गरिन्छ।’

साथै, उनले ओलीलाई प्रश्न समेत गरेका छन्। ‘संगसंगै प्रश्न पनि गर्न चाहन्छु– ‘०६३ सालसम्म के ओलीजीहरु पनि फटाहा, मुर्ख र अज्ञानी हुनुहुन्थ्यो?’ उनले सोधेका छन्।

स्वार्थी तत्वहरुले अपराधीकरणका लागि राजतन्त्र मान्ने ओलीको तर्क थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .