ad ad

गण्डकी


गण्डकीका मुख्यमन्त्री पाण्डेले वैशाख २१ गते विश्वासको मत लिने

गण्डकीका मुख्यमन्त्री पाण्डेले वैशाख २१ गते विश्वासको मत लिने

नेपालखबर
बैशाख १७, २०८० आइतबार १७:३१, पोखरा

गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले यही वैशाख २१ गतेका लागि प्रदेशसभा अधिवेशन आह्वान गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा उनले वैशाख २१ गतेबाट सुरु हुने गरी प्रदेशसभा बैठक आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालका अनुसार वैशाख २१ गतेको बैठक दिउसो २ बजे सुरु हुनेछ। विश्वासको मत नपाएसँगै यसअघिका मुख्यमन्त्री खगराज अधिकारीले शनिबार नै प्रदेशसभाको अधिवेशन अन्त्यको सिफारिस गरेका थिए। 

शुक्रबार मुख्यमन्त्रीको सपथ लिएका सुरेन्द्रप्रसाद पाण्डेले विश्वासको मत लिने तयारीसँगै मन्त्रिपरिषद्ले प्रदेशसभाको बैठक बोलाउने निर्णय गरेको हो। आफूसहित दुई विना विभागीयमन्त्री नियुक्त गरेका पाण्डेले एक साताभित्र नै मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका थिए।

तर,अहिले आएर उनी पहिला विश्वासको मत लिएपछिमात्र ७ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा लागेका हुन्। नेपाली कांग्रेसकी सरस्वती अर्याल तिवारी र सत्ता साझेदार माओवादी केन्द्रकी सुशीला सिम्खडालाई मन्त्री बनाएका उनीमाथि थप मन्त्री छान्न सकस परेको छ।

दुई मन्त्रालय लिएर एमाले नेता खगराज अधिकारी नेतृत्वको सरकारमा सामेल भएको  माओवादी केन्द्रले अहिले तीन मन्त्रालयको माग गरेको छ। 

माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले तीन मन्त्रालय र समय किटानसहित लिखित रुपले नै मुख्यमन्त्रीमा  आलोपालो चाहेका छन्। 

सुरेन्द्रसामु नेकपा एकीकृत समाजावादीका सांसद राजीव गुरुङलाई मन्त्री बनाउनुपर्ने दवाब पनि परेको छ। सत्ता साझेदार दल बिच्कने हुन् कि भन्ने ठानेर नै उनी पहिला विश्वासको मत लिने निर्णयमा पुगेको कांग्रेसका एक सांसदले बताए।

उता, कांग्रेसका आधा दर्जनभन्दा बढी सांसदहरु मन्त्री बन्ने दौडमा सामेल छन्।

‘आफैंभित्रका सांसदलाई मिलाउनुपर्ने चुनौती थपिएपछि मुख्यमन्त्रीज्यू पहिला विश्वासको मत लिने निर्णयमा पुग्नुभएको हो,’ती सांसदले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .