राजनीति


संसदमा स्वर्णिम वाग्लेको पहिलो दिन (तस्बिरहरू)

संसदमा स्वर्णिम वाग्लेको पहिलो दिन (तस्बिरहरू)

सरोज बैजु
बैशाख १५, २०८० शुक्रबार १६:११, काठमाडौँ

तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसद डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभा बैठकमा शपथ लिएकै दिनबाट सहभागीता जनाएका छन्। 

गत १० वैशाखमा भएको उपनिर्वाचनमार्फत सांसद बनेका डा. वाग्लेले शुक्रबार नै सांसदको शपथ लिएका थिए। लगत्तै, डा. वाग्लेले पहिलो दिन नै संसदमा समय लिएर आफ्नो भनाई समेत राखेका थिए। 

उनले पृथ्वी लोकमार्ग विस्तारका क्रममा घाँसीकुवासहितका संरचना जोगाउनुपर्ने भनाई संसद बैठकमा राखेका थिए।

अर्थविद् समेत रहेका डा. वाग्ले तनहुँ–१ बाट सत्ता गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईसँग फराकिलो मतान्तरसहित विजयी भएका थिए। 

‘पृथ्वी लोकमार्ग विस्तारका क्रममा घाँसी कुवासहितका संरचनाको उचित व्यवस्थापन गर्नुपर्ने देखिँदैछ’, उनले सम्बोधनका क्रमम भनेका छन्।

तस्बिरहरू:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .