ad ad

राजनीति


अध्यक्ष ओलीमाथि आक्रमणमा सरकार नै संलग्न, प्रधानमन्त्रीको जवाफ चाहियो : विष्णु पौडेल

अध्यक्ष ओलीमाथि आक्रमणमा सरकार नै संलग्न, प्रधानमन्त्रीको जवाफ चाहियो : विष्णु पौडेल

फाइल तस्बिर


नेपालखबर
बैशाख १५, २०८० शुक्रबार १६:१०, काठमाडौँ

प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि निरन्तर आक्रमण प्रयास हुँदा पनि सरकार मौन रहेको भन्दै आक्रोश पोखेका हुन्।

उपाध्यक्ष पौडेलले बिहीबार (हिजो) इलामको कार्यक्रमबाट फर्कने क्रममा पनि अध्यक्ष ओलीसहितका नेताहरुलाई एम्बुस थापेर आक्रमणको प्रयास गरिएको भन्दै आपत्ति जनाए।

उनले सत्तापक्षकै कार्यकर्ताहरु पनि आक्रमणमा सामेल भइरहेको सूचना आफ्नो पार्टीले पाएको जिकिर गर्दै यथार्थ जानकारी गराउन प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गरे।

उपाध्यक्ष पौडेलले अध्यक्ष ओलीमाथि आक्रमण प्रयास गर्नेहरुलाई कडा कारबाही गर्न पनि सरकारलाई सचेत गराए।

सरकारले शान्ति सुरक्षाको व्यवस्था गर्न लाचारी र कायरता प्रर्दशन गरिरहेको भन्दै ठूलो मूल्य चुकाउनुपर्ने चेतावनीसमेत उनले दिए। 

‘हिजो इलामको पशुपतिनगरबाट फर्कने क्रममा बाटोमा एम्बुस थापेर हाम्रा पार्टी अध्यक्षसहितका नेताहरुमाथि एम्बुस थापेर आक्रमण प्रयास भयो', उनले भने, 'आज पनि विरोध प्रर्दशन गर्दै तोडफोड भइरहेको छ । हाम्रो देशमा सरकार छ कि छैन? यो अत्यन्तै चिन्ताको विषय हो, सरकारले अर्कमण्यता प्रर्दशन गरिरहेको छ।'

सरकारले यो प्रकरणमा कायरता र लाचारीपन देखाइरहेको उनले बताएका छन्।

'यो आक्रमणमा सरकार आफै संलग्न भएको छ। यो विषय सम्मानित सदनमा उठ्यो। गृहमन्त्रीले पनि जवाफ दिनु भयो। तर आक्रमण प्रयास रोकिँदैन। यो सरकारले चाहेको के हो?', उनले सोधे, 'हामीलाई गृहमन्त्रीको प्रवचन होइन, शान्ति सुरक्षाको व्यवस्था चाहियो। गृहमन्त्रीको जवाफले अब पुगेन। प्रधानमन्त्री आफैंले संसदमा जवाफ दिनु पर्छ।’

उपाध्यक्ष पौडेलले सरकारलाई शान्ति सुरक्षाको आवश्यक व्यवस्था मिलाउन पनि खवरदारी गरेका छन्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .