राजनीति


स्वर्णिमको टिप्पणी : असक्षम सरकारलाई बोकिरहनु पर्छ भन्ने छैन

स्वर्णिमको टिप्पणी : असक्षम सरकारलाई बोकिरहनु पर्छ भन्ने छैन

सांसद पदको शपथ लिएपछि डा. स्वर्णिम वाग्ले। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
बैशाख १५, २०८० शुक्रबार १२:२२, काठमाडौँ

तनहु क्षेत्र नम्बर १ को उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा. स्वर्णिम वाग्लेले असक्षम सरकारलाई बोकिरहनु आवश्यक नरहेको बताएका छन्। 

शुक्रबार सिंहदरबारमा सांसद पदको शपथ लिएपछि पत्रकारहरुसँग बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद वाग्लेले सरकारबारे कडा टिप्पणी गरेका हुन्। 

'असक्षम सरकारलाई बोकिरहनु पर्छ भन्ने छैन', उनले पत्रकारहरुको जवाफ दिने क्रममा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारतिर लक्षित गर्दै भने, 'तर यो मेरो टिप्पणी नेपालको मात्रै होइन। यस्तै किसिमको अस्थिरता रहने हो भने त्यो अभ्यास गरिरहनु म तुक देख्दिनँ।'

उनले आफूहरुले सोचे जस्तो र परिकल्पना गरे जस्तो देखिएमात्रै सरकारमा जाने कुरा सम्भव हुने पनि बताएका छन्। 

उनले स्थिरता एउटा साधन भए पनि आफूहरुले सुशासन र सम्मुनति जस्ता साध्यलाई पछ्याउने बताए। 

'स्थिरता एउटा साधन हो', उनले भने, 'तर असल शासन र सम्मुन्नति हाम्रा साध्य हुन्, हामीले साधन होइन साध्य पछ्याउने हो।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .