ad ad

राजनीति


सरकारलाई दिएको समर्थनको औचित्यमा प्रश्न गर्नुपर्ने अवस्था आएको छ : रवि लामिछाने

सरकारलाई दिएको समर्थनको औचित्यमा प्रश्न गर्नुपर्ने अवस्था आएको छ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने। (फाइल तस्बिर)


नेपालखबर
बैशाख १४, २०८० बिहिबार १७:४१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थनको औचित्यमाथि प्रश्न उठेको बताएका छन्। रास्वपा केन्द्रीय कार्यालय घण्टीघरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति लामिछानेले सरकारमा बिना कारण सरकारमा जान नसक्ने बताएका हुन्। 

‘हिजो औचित्य थियो र गइएको थियो। हामी मन्त्री पाउनेबित्तिकै जाने होइन। हामी गन्तव्यमा पुग्ने उद्धेश्यले मात्र गएका थियौं,’ लामिछानेले भने, ‘हामी भ्रष्टाचारको फाइल खोल्ने भनेका छौं, उहाँहरुले त्यसलाई बदर गर्ने हो भने त समर्थन मात्र नभई बिरोधी नै हुनुपर्ने अवस्था आउनसक्छ। ’
उनले अहिलेसम्म आफूहरु चुनावमा व्यस्त भएकाले अब सरकारको सहभागीताबारे छलफल गर्ने बताए।

‘सरकारमा सहभागीता जनाउनेबारे हामी छलफल गर्दैछौं। हामीले भनेका छौं, निर्वाचनमा हामी पूरै पार्टी फोकस थियो। अब पार्टीभित्र छलफल गछौं,’ लामिछानेले भने, ‘जुन ढंगले सरकारले न्युनतम साझा कार्यक्रम ल्याएको छ, हाम्रो महत्वपूर्ण बुँदाहरु बगेर बनाएको छ। समर्थनको औचित्यमा पनि प्रश्न गर्नपर्ने अवस्था आएको हुनाले थप छलफल गर्छौं।’

भ्रष्टाचार गर्नेलाई फाइल खोल्ने भन्ने विषय न्युनतम साझा कार्यक्रमबाट हटायो भने सरकार पनि नरहने उनले चेतावनी दिएका छन्।

‘भ्रष्टाचार गर्नेलाई फाइल खोल्ने भन्ने विषय न्युनतम साझा कार्यक्रमबाट हटायो भने सरकार पनि कहाँ बस्छ र? हामी थप मजबुद भएर आएका छौं। भ्रष्टाचारको फाइल खोल्नै नदिने भन्ने कुरालाई कहाँ चुप बस्न सक्छौं र?’ लामिछानेले प्रतिप्रश्न गरे।

साथै, गत उपनिर्वाचनमा तुलनात्मक रुपमा मधेशमा आफ्नो पार्टीको संगठन कमजोर भएको स्वीकार गर्नुपर्ने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .