ad ad

राजनीति


सांसद पन्थले भने : संघीयता केन्द्रमुखी भयो, कहिलेसम्म सिंहदरबारको मुख ताकिरहने?

सांसद पन्थले भने : संघीयता केन्द्रमुखी भयो, कहिलेसम्म सिंहदरबारको मुख ताकिरहने?

फाइल तस्बिर


नेपालखबर
बैशाख १३, २०८० बुधबार १४:४५, काठमाडौँ

नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले संघीयता केन्द्रमुखी भएको बताएका छन्। 

राष्ट्रियसभाको शून्य समयमा बोल्ने क्रममा उनले प्रदेश र स्थानीय तहलाई स्रोत, साधन र अधिकार दिनुपर्नेमा पनि जोड दिए। 

उनले त्यसअनुरुप भए-नभएको अनुगमन गर्नुपर्ने पनि बताएका छन्। पन्थले स्थानीय तहलाई जनमुखी बनाउनुपर्ने पनि बताएका छन्। 

पन्थले राज्यका झन्झटिला प्रक्रियाहरुलाई खारेज गर्नुपर्नेमा पनि जोड दिएका छन्। 

‘संघीयता केन्द्रमुखी भयो। साना साना निर्णय गर्न पनि केन्द्रको मुख ताक्नुपर्ने भयो। प्रदेश र स्थानीयत तहतिर स्रोत पनि दिने, अधिकार पनि दिने र केन्द्रले अनुगमन गर्ने कुरा पनि कडा गर्न किन सकिएन?', उनले सोधे, 'सेवा प्रवाह र स्थानीय तहलाई जनमुखी बनाउनुपर्‍यो। अनावश्यक झन्झटिला प्रक्रिया खारेज गर्नुपर्‍यो। जनता अझै पनि सिंहदरबार किन धाइरहनुपरेको हो? शिक्षा, स्वास्थ्यमा गुणस्तर र पहुँच कहिले पुग्छ? स्वास्थ्य बीमाको पहुँच सबै जनताको घरदैलोमा कहिले पुग्छ? स्वास्थ्य बीमामार्फतको उपचार किन झन्झटिलो भएको हो? सरकारले अस्पतालमा निशुल्क भनिएका औषधि समेत छैनन्।’

राष्ट्रिय सभा सदस्य पन्थले स्वास्थ्य बीमाको पहुँचलाई सबै जनताको घरदैलोमा पुर्‍याउन पनि सरकारको ध्यानाकर्षण गराएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .