राजनीति


रविले तोडे मंसिर ४ को आफ्नै रेकर्ड, १० हजार मत गन्न बाँकी छँदै ५० हजार कटाए

रविले तोडे मंसिर ४ को आफ्नै रेकर्ड, १० हजार मत गन्न बाँकी छँदै ५० हजार कटाए

नेपालखबर
बैशाख १२, २०८० मंगलबार ११:१५, काठमाडौँ

प्रतिनिधि सभाको उपनिर्वाचन भएको चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार रवि लामिछानेले मतको संख्या ५० हजार कटाएका छन्। 

पछिल्लो परिणामअनुसार उनले ५० हजार २९ मत प्राप्त गरिसकेका हुन्। योसँगै रास्वपा सभापति रविले मंसिर ४ को चुनावमा आफूले प्राप्त गरेको नतिजाको आफ्नै रेकर्ड तोडेका छन्। 

यसअघि ४ मंसिरको प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी ४९ हजार २ सय ६४ मत ल्याएर विजयी भएका थिए। 

तर नागरिकता मुद्दामा दोषी ठहर भएपछि रविको सांसद पद गएको थियो। सोही कारण चितवन २ मा यही वैशाख १० गते उपनिर्वाचन गरिएको हो।

जसको मत गणना जारी छ। अब १० हजारजति मत मात्र गन्न बाँकी छ। 

सो क्षेत्रमा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ ९ हजार १ सय ६५ मतका साथ  दोस्रो स्थानमा छन्। नेकपा एमालेका रामप्रसाद न्यौपानेले ८ हजार ८७७ मत ल्याएर उनलाई पछ्याइरहेका छन्। 

यसैबीच रास्वपाका उम्मेदवार रविले मतान्तरमा पनि रेकर्ड बनाएका छन्। अहिलेसम्म जारी मत गणनामा उनले ३१ हजार ९ सय ८७  मतान्तर बनाइसकेका छन्। 

मंसिरको निर्वाचनमा उनले कांग्रेस–एमाले उम्मेदवारसँग १९ हजार ६ सय ३४ मतान्तर बनाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .