ad ad

राजनीति


पराजित गोविन्दले विजयी स्वर्णिमलाई लगाइदिए अबिर र माला

पराजित गोविन्दले विजयी स्वर्णिमलाई लगाइदिए अबिर र माला

तस्बिर : रासस


नेपालखबर
बैशाख १२, २०८० मंगलबार ११:०, काठमाडौँ

नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले तनहुँ–१ बाट विजयी प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेलाई भेटेरै बधाई तथा शुभकामना दिएका छन्। 

उपनिर्वाचनको मतगणना सकिएपछि मंगलबार मुख्य निर्वाचन कार्यालयले आयोजना गरेको प्रमाणपत्र वितरण कार्यक्रममा उनले वाग्लेलाई अबिर–माला लगाएर बधाई तथा शुभकामना दिएका हुन्। 

यसअघि भट्टराईले सामाजिक सञ्जालमार्फत पनि वाग्लेलाई बधाई दिएका थिए। 

तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार वाग्ले ३४ हजार ४८० मतसहित विजयी भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी भट्टराईले २० हजार ९२ मत प्राप्त गरेका छन्। 

यस्तै नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ५५५ मत ल्याएका छन्। तनहुँ–१ मा वाग्लेले सुरुवातदेखि नै अग्रता लिएका थिए। उनी गत चैत १५ गते कांग्रेस त्याग्दै रास्वपामा प्रवेश गरेका थिए। रास्वपाले सोही दिन उनलाई तनहुँ–१ बाट उम्मेदवार बनाएको थियो। गत मंसिर ४ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि त्यहाँ उपनिर्वाचन गरिएको हो। 

      प्रतिक्रिया

      नेपाल खबर प्रा.लि
      सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

      Nepal Khabar Pvt. Ltd.

      Blue Star Complex
      Thapathali-11, Kathmandu, Nepal
      +977 01 5340505 / 5341389
      Admin:[email protected]
      News:[email protected]

      विज्ञापनका लागि सम्पर्क


      +977 9851081116
      [email protected]
      Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .