ad ad

राजनीति


रविलाई बधाई दिँदै जीतनारायणले भने : हामीलाई सक्किने छुट छैन, सच्चिन्छौँ

रविलाई बधाई दिँदै जीतनारायणले भने : हामीलाई सक्किने छुट छैन, सच्चिन्छौँ

पत्रकारहरुसँग बोल्दै जीतनारायण श्रेष्ठ। तस्बिर : सुनिता विष्ट/नेपालखबर


नेपालखबर
बैशाख १२, २०८० मंगलबार १०:५, चितवन

चितवन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले रवि लामिछानेलाई बधाई दिएका छन्। 

मंगलबार बिहान जित नजिक पुगिसकेका लामिछानेलाई बधाइ दिँदै श्रेष्ठले जनताले साँच्चिकै परिवर्तन चाहेको पनि स्वीकारेका छन्। 

पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेले जित पक्का गरिसकेका छन्। 

श्रेष्ठले रविलाई बधाई दिँदै भने, ‘हामीलाई सक्किने मञ्जुर छैन, हामी सच्चिन्छौँ।’

मतगणना स्थलमा रविलाई बधाई दिन पुगेका श्रेष्ठले जनताले परिवर्तन चाहेको प्रष्ट भएको बताए। 

यस क्षेत्रमा हालसमा ६२ हजार ८८० मतगणना भएको छ।

जसमध्ये रास्वापाका उम्मेद्वार रवि लामिछानेले ४४ हजार ४८६ मत पाएका छन् । दोस्रो स्थानमा रहेका काङ्ग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले ८ हजार २७५ मत पाएका छन्।

यस्तै एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ८ हजार २१७ मत प्राप्त गरेका छन् । लामिछाने ३६ हजार ६ सय ११ मतान्तरको अग्रतामा छन्। 

७८ हजार २७७ खसेको मत मध्ये ६२ हजार ८४० मतगणना हुँदा १५ हजार ४३७ मतगणना हुन बाँकी छ।

भरतपुर महानगरपालिका र इच्छाकाममा गाउँपालिकाको मतगणना सकिसकेको छ। हाल कालिका नगरपालिकाको मतगणना जारी रहेको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .