ad ad

राजनीति


चितवन २ मा १५ हजार मत गन्न बाँकी, रवि कतिले अघि?

चितवन २ मा १५ हजार मत गन्न बाँकी, रवि कतिले अघि?

नेपालखबर
बैशाख १२, २०८० मंगलबार ९:१८, चितवन

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा मत गणना अन्तिम चरणमा पुगेको छ। 

पछिल्लो परिणामअनुसार हालसम्म ६२ हजार ८ सय ८० मत गनिसकिएको छ। चितवन २ मा आइतबार भएको उपनिर्वाचनमा कूल ७८ हजार २ सय ७७ मत खसेको थियो। अब १५ हजार ३ सय ९७ मत मात्र गन्न बाँकी छ। 

यस अवधिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछाने भारी मतान्तकार साथ अगाडि छन्। 

ताजा परिणामअनुसार अहिलेसम्म उनले ४४ हजार ४ सय ८६ मत प्राप्त गरेका छन्।

यसपछि नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ८ हजार २ सय ७५ र एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ८ हजार २ सय १७ मत ल्याएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .