बारा क्षेत्र नम्बर २ मा जारी मत गणनाामा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाउँदै लगेका छन्।
पछिल्लो मतपरिणामअनुसार यो खबर लेख्दासम्म जसपा अध्यक्ष यादवले १२ हजार १ सय १९ मत प्राप्त गरेका छन्।
उनलाई पछ्याइरहेका जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले ७ हजार ६ सय ९३ मत पाएका छन्।
यस्तै नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल ४ हजार ३ सय २८ मतका साथ तेस्रो स्थानमा छन्। यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले १ हजार ९ सय ४१ मत ल्याएका छन्।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा क्षेत्र नं २ मा जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि त्यहाँ आइतबार उपनिर्वाचन गरिएको हो।
कूल १ लाख ५ हजार २ सय ४८ मतदाता रहेको बारा–२ मा ६५ प्रतिशत अर्थात् ६८ हजार आठ सय ८७ मत खसेको थियो। उक्त निर्वाचन क्षेत्रमा महागढी र पचरौता नगरपालिका, करैयामाई , सुवर्ण र देवताल गाँउपालिकाका ४४ वडा समेटिएका छन्।
यसैबीच उपनिर्वाचन भएका अन्य क्षेत्र तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले विजयी भइसकेका छन् भने चितवन २ मा रास्वपाकै सभापति रवि लामिछाने फराकिलो मतान्तरका साथ अगाडि छन्। उनको जित निश्चित भइसकेको छ।
Shares
प्रतिक्रिया