चितवन क्षेत्र नम्बर २ को सुरुवाती मतपरिणामअनुसार नेकपा एमालेका रामप्रसाद न्यौपानेले अग्रता बनाएका छन्।
इच्छाकामना गाउँपालिकाको मत १ हजार गन्दा एमालेका न्यौपानेले ३६८ मतसहित अग्रता बनाएका हुन्।
यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ३१९ मतसहित दोस्रो स्थान कायम गरेका छन्।
त्यसैगरी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले २९७ मतसहित तेस्रो स्थानमा पछ्याइरहेका छन्।
कसको मत कति?
रामप्रसाद न्यौपाने (सूर्य): ३६८
रवि लामिछाने (घण्टी): ३१९
जीवलाल पुरी (हलो) : ८
102
Shares

प्रतिक्रिया