ad ad

राजनीति


बारा २ : उपेन्द्र र शिवचन्द्रबीच कडा टक्करको संकेत, २८ मतले अघिपछि

बारा २ : उपेन्द्र र शिवचन्द्रबीच कडा टक्करको संकेत, २८ मतले अघिपछि

फाइल तस्बिर


नेपालखबर
बैशाख ११, २०८० सोमबार १५:२६, जनकपुरधाम

बारा क्षेत्र नम्बर २ को सुरूवाती रुझान जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको पक्षमा देखिएको छ।

१७ सय १७ मत गनिसक्दा यादवले ५१३ मतसहित अग्रता बनाएका छन्। 

कलैयामा भइरहेको मतगणनाको सुरुवाती परिणामअनुसार यादवपछि ४८५ मतसहित जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशावाह पछ्याइरहेका छन्।  

उता नेकपा एमालेका पुरुषोत्तम पौडेल ४२० मतसहित तेस्रो स्थानमा छन्। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २०७ मत ल्याएका छन्। 

अहिले त्यहाँ करैयामाई गाउँपालिका वडा नम्बर १ को दुईवटा मतदान केन्द्र र वडा नम्बर २ को एक मतदान केन्द्रको मत गनिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .